गृहमन्त्री अर्यालद्वारा गौरीफन्टा नाकाको अवलोकन

होमपेज / समाचार /
गृहमन्त्री अर्यालद्वारा गौरीफन्टा नाकाको अवलोकन
  • रेडियो सुदूर सञ्चार
  • १५ मंसिर २०८२ (६ महिना अघि)
  • २२४

प्रदेश स्तरीय सुरक्षा गोष्ठीका लागि धनगढी पुगेका गृहमन्त्री ओमप्रकाश अर्यालले गौरीफन्टा नाकाको अवलोकन गरेका छन्।

गृहमन्त्री अर्याल नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुबैजना महानिरीक्षक तथा प्रदेश र जिल्लाका सुरक्षा निकायका प्रमुखहरूसँगै सीमानाकाको अवलोकन गरेका हुन्।

त्रिनगरस्थित गौरीफन्टा नाका पुग्नु अगाडि गृहमन्त्री  अर्याल गेटा अस्पतालमा पुगेका थिए। गृहमन्त्री अर्यालले नाकास्थित कार्यालयहरूको निरीक्षण गरेका छन्।

मंगलवार धनगढीमा हुने प्रदेश स्तरीय सूरक्षा बैठकमा भाग लिन गृहमन्त्री अर्याल सुरक्षा निकायका प्रमुखिसहित धनगढी पुगेका हुन्।

अन्तिम अध्यावधिक: १५ मंसिर २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस