कञ्चनपुर : चार पालिकाका स्थानीयले सांसद धामीसमक्ष राखे सयौं माग, पहलकाे प्रयास जारी

होमपेज / मुख्य समाचार / राजनीति / समाचार /
कञ्चनपुर : चार पालिकाका स्थानीयले सांसद धामीसमक्ष राखे सयौं माग, पहलकाे प्रयास जारी
  • चन्द्रिका चौधरी
  • १६ साउन २०८३ (४ घण्टा अघि)
  • ५३

बेलाैरी, कञ्चनपुर - 

प्रतिनिधि सभा सदस्य माननीय जनक सिंह धामीको सचिवालय तथा राष्ट्रिय स्वतन्त्र पार्टी कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ को आयोजनामा सञ्चालन गरिएको ‘अनुगमन, वाचा र संवाद’ सहितको नागरिक सुनुवाइ कार्यक्रम अर्थपूर्ण रहेको जनाइएको छ।

साउन ४ गतेदेखि १० गतेसम्म सञ्चालन भएको कार्यक्रम अन्तर्गत लालझाडी गाउँपालिका, बेलडाँडी गाउँपालिका, पुनर्वास नगरपालिका र बेलौरी नगरपालिकामा पुगेर नागरिकसँग प्रत्यक्ष संवाद, विकास आयोजनाको स्थलगत अनुगमन तथा जनगुनासा संकलन गरिएको सांसद सचिवालयले जनाएको हाे।

कार्यक्रममा नागरिकहरूले स्थानीयदेखि राष्ट्रिय तहसम्मका विकास, सेवा प्रवाह, कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, खानेपानी, विद्युत्, सीमा सुरक्षा, वन, आरक्ष, पर्यटन, रोजगार तथा सामाजिक न्यायसँग सम्बन्धित विविध विषयमा आफ्ना गुनासा, सुझाव र मागहरू राखेका थिए।

लालझाडी गाउँपालिकामा आयोजित कार्यक्रममा राधेश्याम राना, टेकबहादुर ऐर, सीताराम राना, राम धानुक, दशरथ राना, रामकुमार राना, नारायण राना, लखुवा राना, विष्णुबहादुर कार्की, लालबहादुर सेठी, किशन राना, लक्ष्मण धानुक, लक्ष्मण भण्डारी, जमादार राना, तीर्थराज भट्ट, भगतबहादुर राना, प्रताप गिरी, वीरमा देवी बोहरा, वडा नं. ४ का वडाध्यक्ष, प्रेम शाही, रुद्रसिंह गोल्ड सुनार, धनबहादुर हमाल, नरेन्द्र केसी, वीरभानसिंह नायक, प्रेमबहादुर ऐर, रत्नी राना, लक्ष्मीराम चौधरी, देवी सिलाल लगायतका स्थानीयले सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीको जग्गाधनी प्रमाणपत्र, आरक्षपीडितको समस्या समाधान, दोदा नदीमा तटबन्ध तथा पक्की पुल, खानेपानी, विद्युत्, विद्यालय, स्वास्थ्य, प्रहरी चौकी, सडक, जंगली जनावर–मानव द्वन्द्व, कृषि, मलखाद, एम्बुलेन्स, शववाहन, अस्पताल, वैदेशिक रोजगार ठगी नियन्त्रण, आरक्षपीडितको पुनर्स्थापना, शिविरमा सरकारी सेवा–सुविधालगायतका विषय उठाएका थिए।

बेलडाँडी गाउँपालिकामा रैभान शाही, कालीदाश न्यौपाने, सुमित्रा धामी, जयबहादुर थापा, लक्ष्मी धामी, चक्र शाही, वीरबहादुर दमाई, मुकेश गिरी, गणेश विष्ट महरा, नाखुराम चौधरी, पूर्णानन्द भट्ट, महेश विष्ट, हरिश्चन्द्र बाग, तेजसिंह धामी, दिनेश राना, मोहन वडु, रतन खड्का, नन्दवीर बुढा, करणसिंह मडै, भूपलाल बुढा, जितबहादुर चौधरी, राजबहादुर चौधरी, बलराम चौधरी, कुस्मा विष्ट, राधा जोशी, हीरासिंह राना, केशवदत्त जोशी, बलबहादुर बुढालगायतले चौधर नदी र झरनाखोलामा तटबन्ध, सिँचाइ कुलो, पानी निकास, विद्युत् सुधार, जग्गाधनी प्रमाणपत्र, कालिकीच ताल संरक्षण, पर्यटन विकास, सडक, पुल, विद्यालय, आरक्षपीडित, सीमा समस्या, १५ शय्याको अस्पताल, खानेपानी, सर्पदंश उपचार केन्द्र, क्याम्पस स्तरोन्नति, लागूऔषध नियन्त्रण, उखु किसानका लागि मलखाद उपलब्धता, राधापुर पुल निर्माणलगायतका विषय उठाएका थिए।

भने, पुनर्वास नगरपालिकामा रामबहादुर गुरुङ, चक्रप्रसाद ओझा, तहवीर सुनार, रामचन्द्र सेडाई, मनवीर सुनार, नरेश राना, ओमबहादुर विक, बालकृष्ण राना, तेजबहादुर कडारा, नन्दकली चुनारा, विक्रम रावल, दीपक पुन मगर, खेमराज लामिछाने, पार्वतीदेवी सुनार, लक्ष्मण थापा, अपदेव जैसी, रामसिंह बडुवाल, रुपा जैसी अर्याल, खम्बीर तामाङ, सावित्री चापागाईं, दत्तवीरसिंह साउद, छविलाल खनियाँ, आनन्द सुवेदी, सन्तोष अवस्थी, भोजराज नाथ, टेकबहादुर लामा, जय चौधरी, पञ्चुराम चौधरी, सावित्री कार्की, चंखु चौधरी, प्रेम बानियाँ, टेकबहादुर बानियाँ, दुर्गासिंह धामी, रामलच्छे डगौरा, जुना बानियाँ, विनोद दाहाल र उत्तरा धामीलगायतले कर प्रणाली पुनरावलोकन, मलखाद, सुकुम्बासी समस्या, गन्धनाला सरसफाइ, मोतिया फाँटा व्यवस्थापन, सीमा सुरक्षा, हात्ती आतङ्क, सडक, खानेपानी, खेलमैदान, स्वास्थ्य सेवा, कृषि अनुदान, दोदा तटबन्ध, अस्पताल निर्माण, बजार व्यवस्थापन, विद्युत्, ट्राफिक, मोहना नदीमा वैकल्पिक पुल, वन व्यवस्थापन, बेरोजगारी, डिप बोरिङलगायतका विषयमा ध्यानाकर्षण गराएका थिए।

यस्तै यता, बेलौरी नगरपालिकामा बिरदत्त भट्ट, भङ्गी राना, रिना बुढा, रामबहादुर बोहरा, ललितबहादुर थापा, गगन साह भुल, मुकुल क्षेत्री, टंकबहादुर बोहरा, मेघलाल चौधरी, गंगाराम सुनार, निर्मला खड्का, बसन्ती शाही, कुशल चौधरी, सरस्वती खरेल, साधन रिजाल, रामनारायण चौधरी, तारासिंह राना, तारामणि न्यौपाने, तुलसीराम पौडेल, हरिना भट्ट, सहवीर महत्तरा, कृष्णबहादुर कुँवर, लक्ष्मण दियाल, केशवराज जोशी, भरोसा राना, बल्दिया राना, पार्वती थापा, पद्मसिंह धामी, वासुदेव राना, सुरेन्द्र बोहरा, देवसिंह भण्डारी, विश्राम राना, महेश बिष्ट, जयराज ओझा, लोकेन्द्र पन्त, पदम कामीलगायतले भन्सार नाका स्तरोन्नति, हुलाकी सडक, कलुवापुर–बेलौरी सडक, मलखाद, सीमा व्यवस्थापन, खानेपानी, प्रहरी चौकी, उद्योग वाणिज्य संघ भवन, जग्गा नापजाँच, विद्युत्, मानव–वन्यजन्तु द्वन्द्व, सामुदायिक वन दर्ता, ढल निकास, ट्रान्सफर्मर, अस्पताल निर्माण, सडकबत्ती, सीसीटीभी, दोदा तटबन्ध, लागूऔषध नियन्त्रण, सामाजिक सञ्जाल नियमन, कोल्ड स्टोर, सरकारी गोदाम, कृषि मिटर, ताल संरक्षण, कम्युनिटी हल, मसानघाट जाने सडक, बेरोजगारी समाधानलगायतका विषय उठाएका थिए।

कार्यक्रममा सहभागी नागरिकहरूले आफ्ना समस्या प्रत्यक्ष रूपमा संघीय सांसदसमक्ष राख्ने अवसर पाएकोमा खुसी व्यक्त गर्दै उठाइएका विषयलाई सम्बन्धित मन्त्रालय, विभाग तथा निकायसम्म पुर्‍याई कार्यान्वयनका लागि पहल गर्न आग्रह गरेका थिए।

कार्यक्रम पछि प्रतिनिधि सभा सदस्य माननीय जनक सिंह धामीले नागरिकबाट प्राप्त सबै सुझाव, गुनासा र मागलाई विषयगत रूपमा वर्गीकरण गरी सम्बन्धित मन्त्रालय, विभाग तथा सरोकारवाला निकायमा पठाई समाधानका लागि आवश्यक पहल गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले जनप्रतिनिधि जनताको घरदैलोमै पुगेर समस्या सुन्ने र समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने संस्कृतिलाई निरन्तरता दिइने बताए।

अन्तिम अध्यावधिक: १६ साउन २०८३
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस