Advertisement
Skip This
ट्रेण्डिङ

लालझाडी बडायक दम्पती ह*त्या*का*ण्ड : मुख्य अभियुक्त प*क्राउ

होमपेज / घटना / मुख्य समाचार / समाचार / समाज /
  • रेडियो सुदूर सञ्चार
  • २० मंसिर २०८१ (११ महिना अघि)
  • ७०२

बेलाैरी / कञ्चनपुर -

कञ्चनपुरको लालझाडी गाँउपालिका १ बिनवारी गाउँका एक दम्पती हत्याकाण्डमा मुख्य अभियुक्त पक्राउ परेका छन् ।

लालझाडी गाँउपालिका १ बिनवारीका ४६ वर्षीय रामेश्वर बडायक र ४३ वर्षीया कमला बडायकको हत्या*काण्डमा लालझाडीकै युवक पक्राउ परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज  जोशीले ८ कार्तिकमा लालझाडी १ बिनवारीका बडायक दम्पती हत्यामा संलग्न लालझाडी गाँउपालिका २का ५० वर्षीय गंगाराम राना पक्राउ परेको बताए ।

बिहीबार पक्राउ परेका रानालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखिएको छ । बडायक दम्पती हत्या*काण्डमा झण्डै डेढ महिना अर्थात ४३ दिनमा पक्राउ परेका हुन् ।

८ कार्तिक राती हत्या भएपनि ९ कार्तिक शुक्रबार बिहान मात्रै बडायक दम्पती मृत फेला परेका थिए । सोही दिनदेखि कञ्चनपुर प्रहरीले निरन्तर अनुसन्धान अघि बढाएको थियो ।

‘हामीले घटना लगत्तै अनुसन्धान अघि बढाएका थियौँ, ‘प्रवक्ता जोशीले भने, ‘सो राती गंगाराम राना त्यहाँ गएको सुचना पाएपछि उनीमाथि अनुसन्धान अघि बढाएर पक्राउ गरेपछि उनले हत्या गरेको स्वीकार गरेका छन् ।’ 

मदिरा समेत बिक्रि वितरण गर्दै आएका बडायक दम्पतीले आफूलाई गाली गरेपछि रामेश्वरलाई लाठी प्रहार गरेर हत्या गरेको र त्यसपछि उनकी श्रीमतीलाई पनि हत्या गरेको रानाले प्रहरीमा बयान दिएका छन् ।

रानाले प्रहरीमा मदिरा सेवन गर्न गएको विवाद भएपछि हत्या गरेको बयान दिएसंगै मदिरा नै अपराधको कारण बनिरहेको छ । 

राना आफू एक्लैले हत्या गरेको बयान दिएपनि प्रहरीले घटना बारे थप अनुसन्धान जारी राखेको जनाएको छ । शान्त गाउँमा बडायक दम्पतीको हत्या भएसंगै बडायक परिवारमा सन्नटा र गाउँमा त्रास छाएको थियो ।  

 

अन्तिम अध्यावधिक: २२ मंसिर २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस