बाजुरा भूकम्पमा ७०० संरचना ध्वस्त, ६२८ भवनमा आंशिक क्षति

होमपेज / मुख्य समाचार /
बाजुरा भूकम्पमा ७०० संरचना ध्वस्त, ६२८ भवनमा आंशिक क्षति
  • रेडियो सुदूर सञ्चार
  • ९ पुष २०८१ (१ बर्ष अघि)
  • ११२१

बाजुरा -

शनिबार बाजुराको गोत्री केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण झण्डै सात सय भौतिक संरचनामा पूर्ण रुपमा क्षति पुगेको छ। बाजुरामा निजी र सरकारी गरी छ सय ८४ वटा संरचनामा क्षति पुगेको हो। 

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमातहतको प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार सरकारी छ सय ५५ र निजी २९ भौतिक संरचनामा पूर्ण क्षति भएको हो। शनिबार बिहान ४ः१४ बजे जगन्नाथ गाउँपालिका–५ को गोत्री केन्द्रविन्दु बनाएर ५.२ रेक्टर स्केलको भूकम्प गएको थियो। 

जगन्नाथमा सबैभन्दा बढी दुई सय ८९ वटा घरमा पूर्ण क्षति गरेको केन्द्रले जानकारी दिएको छ। यसै गरी बुढीनन्दा नगरपालिकामा एक सय ३२, हिमाली गाउँपालिकामा एक सय २१, स्वामीकार्तिक गाउँपालिकामा एक सय ४२ भवनमा पूर्ण क्षति भएको जनाइएको छ। 

भूकम्पका कारण छ सय २६ वटा निजी घर र दुई वटा सरकारी भवनमा आंशिक क्षति पुगेको केन्द्रले जानकारी दिएको छ। 

 

अन्तिम अध्यावधिक: ९ पुष २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस