बेलडाँडी : जलेको अवस्थामा पाटेबाघ मृ*त फेला

होमपेज / मुख्य समाचार / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २१ माघ २०८१ (३ महिना अघि)
  • ४८०

 बेलडाँडी, कञ्चनपुर -

कञ्चनपुरमा जलेको अवस्थामा पाटेबाघ मृत फेला परेको छ । जिल्लाको बेलडाँडी गाउँपालिका–५ स्थित किसान मध्यवर्ती सामुदायिक वनमा आज पाटेबाघ सडेगलेको अवस्थामा मृत फेला परेको हो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार मृत भेटिएको भाले बाघ करिब  १३ वर्ष उमेरको रहेको छ । 'अनुसन्धान गर्दा बाघ बुढो भएकाले प्राकृतिक कारणले मरेको पाइएको छ,' उनले भने । खरमा आगो लाग्दा बाघको शरीरको आधा भाग जलेको उनले बताए । झाडीमा बाघ मृत देखेपछि वन हेरालुले मध्यवर्ती समितिलाई जानकारी गराएको थियो । समितिले निकुञ्जलाई त्यसबारे खबर गरेको सूचना अधिकारी वाग्लेले बताए । 

अन्तिम अध्यावधिक: २१ माघ २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस