बेलाैरी / कञ्चनपुर -
नेपाल निजामती कर्मचारी युनियन कञ्चनपुरको अध्यक्षमा गणेश बहादुर सिंह चयन भएका छन् ।
नेपाली काँग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन कञ्चनपुरको अध्यक्षमा सिंह सर्वसम्मत चयन भएका हुन् ।
शनिबार कञ्चनपुर उद्योग वाणिज्य संघको सभा हलमा सञ्चालित नवौँ जिल्ला अधिवेशनबाट सिंहको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति समेत चयन गरिएको छ ।
उक्त समितिको उपाध्यक्ष क्रमस अनिल चन्द (खुला), पुजा जोशी (महिला) र लेखक राम चौधरी (समावेशी), सचिवमा अनिल चन्द , सहसचिव लक्ष्मण सिंह नेगी र कोषाध्यक्षमा जयराज पनेरु रहेका छन् ।
यस्तै, सदस्यहरूमा जगदीश बहादुर भाट, रामदत्त जोशी, दिवाकर प्रताप सिंह, गणेशराज जोशी , टंक प्रशाद भट्ट सर्वसम्मत निर्वाचित भएकाे निर्वाचन समितिका संयोजक प्रकाश पाठकले बताए ।
नेपाल निजामती कर्मचारी युनियन कञ्चनपुरको अध्यक्षमा चयन भएका गणेश बहादुर सिंहले आम कर्मचारीको हकहितका क्षेत्रमा काम गर्ने प्रण गरेका छन् ।
नेपाल निजामती कर्मचारी युनियन कञ्चनपुरका कावा अध्यक्ष महेशराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा सुप प्रदेशका आर्थिक मामिलामन्त्री बहादुर सिह थापाको प्रमुख आतिथ्यता रहेको थियोे ।
भने, कार्यक्रममा निजामती कर्मचारी, काँग्रेस नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।