Advertisement
Skip This
ट्रेण्डिङ

बेलडाँडीमा पनि भव्यताका साथ मनाइयो अन्तर्राष्ट्रिय महिला दिवस

होमपेज / समाचार / समाज /
  • निरु चौधरी
  • २४ फागुन २०८१ (७ महिना अघि)
  • ४९६

निरु चाैधरी/ बेलडाँडी, कञ्चनपुर - 

शनिबार कञ्चनपुरको बेलडाँडीमा पनि ११५औं अन्तर्राष्ट्रिय महिला दिवस भव्यताका साथ मनाइएको छ ।

सबै महिला तथा बालबालिकाकाे लागि : अधिकार समानता र सशक्तीकरण भन्ने मूल नाराका साथ उक्त दिवस मनाइएको बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथले बताइन् ।

उपाध्यक्ष नाथले -" कुनैपनि धर्म, संस्कृति, संस्कार, प्रथा, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा हुने सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माणका लागि बेलडाँडीका महिलाहरु गाेलबद्ब भएको बताइन् ।

विभिन्न क्षेत्रमा कार्यरत महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै महिलाको प्रविधिमा पहुँचको विस्तार गर्ने, महिला सशक्तीकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र समाजमा हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने गरी भव्यताका साथ दिवस मनाइएको उपाध्यक्ष नाथले जनाइन् ।,

कार्यक्रममा माननीय डा. जीवन राना, राम कुमारी राना स्थानीय समाजसेवी बुद्धिजीवी एवम् महिला दिदीबहिनीहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।

अन्तिम अध्यावधिक: २४ फागुन २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस