कञ्चनपुर -
यस वर्ष ०८१मा सुदूरपश्चिम प्रदेशबाट ५८ हजार बढि विद्यार्थी माध्यामिक शिक्षा परीक्षा
(एसईई) दिन लागेका छन् । गत बर्ष ०८०मा ५५ हजार १० विद्यार्थीले एसईई दिएका थिए । ७ चैत्रदेखि हुने माध्यामिक शिक्षा परीक्षामा ५८ हजार ९सय ४३ विद्यार्थी सहमभागि हुन लागेका हुन् ।
शिक्षा विकास निर्देशनालय दिपालय डोटीको तथ्याङ्क अनुसार ३० हजार ८७७छात्रा र २८ हजार ६६ छात्र रहेका छन् । २ हजार ८सय ११ छात्र भन्दा छात्रा विद्यार्थी सहभागि हुने जनाएको छ । ९वटै जिल्लाका २सय २६ परीक्षा केन्द्र मार्फत नियमित तर्फ ४४ हजार, २९४, ग्रेटबृद्धि १२ हजार २५५ प्राविधिक धारतर्फ २ हजार ४सय विद्यार्थी रहेका छन् ।
५४ परीक्षा केन्द्र रहेको कैलालीमा सबैभन्दा बढि १९ हजार ४८८, ३७ परीक्षा केन्द्र रहेको कञ्चनपुरमा ११ हजार ३०१ विद्यार्थी, १३ परीक्षा केन्द्र रहेको डडेल्धुरा २८ हजार २ विद्यार्थी, १५ केन्द्र रहेको डोटीमा ४ हजार ६२ विद्यार्थी, २६ केन्द्र रहेको अछाममा ५ हजार २९, १७ केन्द्र रहेको बाजुरामा ३ हजार १८ विद्यार्थी, २० केन्द्र रहेको बझाङ्गमा ४ हजार ६४४विद्यार्थी, २७ परीक्षा केन्द्र रहेको बैतडीमा ५ हजार ३६२ र १७ केन्द्र रहेको दार्चुलामा ३ हजार ३७ विद्यार्थी एसईईमा सहभागि हुन लागेका छन् ।
शिक्षा विकास निर्देशनालय दीपालय डोटीका महानिर्देशक दुर्गादत्त विष्टले प्रदेशका नौवटै जिल्लामा सञ्चालित हुने एसइई परीक्षाको तयारी अन्तिम चरणमा पुगेको बताए । महानिर्देशक विष्टका अनुसार नौवटै जिल्लामा परीक्षाको तयारी अन्तिम चरणमा पुगेको छ ।
सबै शिक्षा विकास तथा समन्वय इकाई केन्द्र, परीक्षा केन्द्राध्यक्षहरूलाई अभिमुखीकरण गराइएको छ । परीक्षा निष्पक्ष, भयरहित शान्त वातावरण सम्पन्न गरिने महानिर्देशक विष्टले चिठ चिर्ने, चोराउने विरुद्ध कानुनी कार्बाहीको समेत चेतावनी दिएका छन् ।