प्रेम के हाे ?

होमपेज / लेख/साहित्य / स्वदेशको सिर्जना /
तिमीलाई अरु नै संसार लाग्दा पनि, बाआमालाई तिमी नै दुनियाँ संसार लाग्नु प्रेम !
  • रेडियो सुदूर सञ्चार
  • ९ चैत २०८१ (१ महिना अघि)
  • २३४

प्रेम के हो ? 

आउ सम्झाउछु तिमीलाई,
प्रेम के हो !

तिम्रा खातिर तिम्रा बाआमाले कैले नथाक्नु प्रेम,
तिम्रा खातिर तिम्रा बाआमाले रातै भर जाग्नु प्रेम,
तिमी संगै खादा खाँदै, छाँप्राेको अन्तिम रोटी तिम्रो लागि छाड्नु प्रेम,

र, यस ऊपर, "अघाई सकेँ", भनेर ढाँट्नु प्रेम,
तिमीलाई अरु नै संसार लाग्दा पनि,
बाआमालाई तिमी नै दुनियाँ संसार लाग्नु प्रेम!

तिम्रै खातिर,

आमाले किच किच गर्नु/सम्झाउनु प्रेम,
बाबा र गुरुले दुई चार थप्पड लगाउनु प्रेम!

भान्सामा नुन घटाउनु प्रेम,
खानामा रेड मिट हटाउनु प्रेम!

भान्सामा चिनीको सट्टा गुड राख्नु प्रेम,
आफैलाई जंक फुड खानै मन लागे पनि,
तिम्रै खातिर, जिब्रो लोभ्याउने जंक फुड त्याग्नु प्रेम!

आमाले तिम्लाई एक गिलासका दरले घण्टै पिच्छे दिने पानी प्रेम,
बाबाले तिमीलाई केही मिनेटका लागि पनि मोबाईल नदिने बानी प्रेम!

आमाले तिम्लाई रात नपर्दै रातीको खाना खुवाउनु प्रेम,
बाबाले तिम्लाई बिहानीपख, बिहान नहुँदै उठाउनु प्रेम!

बाआमाले महिनै पिच्छे स्कूलका मीटिंङ धाउनु प्रेम,
फीस तिर्न ढिलो हुदा स्कूल प्रसाशनलाई मनाउनु प्रेम,

तिम्रा लागि हुन सक्छ,
तिम्रो सिगाँने मायाँ प्रेमका निम्ति,
रातभर निद्रै भाग्नु प्रेम,
च्याटिङ गरेर कैले नथाक्नु प्रेम,
भोकै नलाग्नु प्रेम,
यसै सिँगाने माया प्रेमका निम्ति बाआमालाई ढाट्नु प्रेम,
र, जे पनि आट्नु प्रेम!

प्रिय अबोध साथी,
आउ सम्झाउछु तिम्लाई,
प्रेम के हो!

सही अर्थमा,
बाआमाले जे भन्यो त्यही मान्नु प्रेम,
र, यो सबथोक मान्नु बाआमाको लागि होइन,
आफ्नै लागि हो भनी जान्नु प्रेम!

✍️लक्ष्मण दियाल
(प्रिन्सिपल)-वात्सल्य विद्या निकेतन बेलाैरी, कञ्चनपुर 

अन्तिम अध्यावधिक: ९ चैत २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस