पदभार ग्रहणपछि शाक्यले भने- लोडसेडिङ हुने हल्ला निराधार हो, अब हुँदैन

होमपेज / -विद्युत / समाचार /
पदभार ग्रहणपछि शाक्यले भने- लोडसेडिङ हुने हल्ला निराधार हो, अब हुँदैन
  • रेडियो सुदूर सञ्चार
  • १३ चैत २०८१ (१ बर्ष अघि)
  • ४५७

नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन्। मंगलबार साँझ प्राधिकरणमा पुगेर नवनियुक्त कार्यकारी निर्देशक शाक्यले पदभार ग्रहण गरेका हुन्।

प्राधिकरणमा पुग्दा कर्मचारीहरूले शाक्यलाई स्वागत गरेका थिए। पदभार ग्रहण गरेपछि शाक्यले आफूले न्याय पाएको बताए। यसअघिको आफ्नो योजना अनुसार प्राधिकरणलाई अघि बढाउने उनले बताए।

उनले प्राधिकरणभित्र रहेका समस्यालाई सामूहिकरूपमा समाधान गर्ने प्रतिबद्धता जनाए। लोडसेडिङ हुने हल्ला निराधार मात्रै रहेको भन्दै जनताको घरमा अब लोडसेडिङ नहुने उनले प्रष्ट पारे। उनले दुई हप्ताभित्र केही सकारात्मक नतिजा देखिने गरी काम गर्ने बताए ।

शाक्यले डेडिकेटेड र ट्रंकलाइन बक्यौताका बिषयमा प्रक्रियागत ढंगले समाधान निकाल्ने दाबी गरे। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई हटाएर शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो।

अन्तिम अध्यावधिक: १३ चैत २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस