युएईले १६६ नेपालीलाई दियो आममाफी

होमपेज / प्रवास /
  • रेडियो सुदूर सञ्चार
  • १९ चैत २०८१ (४ हप्ता अघि)
  • १४४

संयुक्त अरब इमिरेट्स (युएई)ले विभिन्न अपराधमा जेल जीवन बिताइरहेका १६६ जना नेपालीलाई आममाफी दिएको छ। रमजान महिना र ईदको अवसरमा युएई सरकारले १६६ नेपाली कैदीलाई आममाफी दिएको परराष्ट्र मन्त्रालले जानकारी दिएको छ। 

परराष्ट्र मन्त्रालयले उक्त निर्णयप्रति युएई सरकारलाई धन्यवाद दिएको छ। दुई देशबीचको सम्बन्धलाई थप सौहार्दता प्रदान गरेको र यस प्रकारको क्षमादानलाई नेपाल सरकारले उच्च मूल्यांकन गर्ने परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर भनेको छ।

सरकारले युएईस्थित नेपाली दूतावासमार्फत कैदीबन्दी नेपालीहरूलाई माफी दिन अपील गरेको थियो। यसअघि कतार सरकारले १८ जना नेपालीलाई आममाफी दिएको थियो।

अन्तिम अध्यावधिक: 0000-00-00 00:00:00
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस