एकैदिन ५७ सयले बढ्यो सुनको मूल्य, तोलाको कति ?

होमपेज / अर्थ /
  • रेडियो सुदूर सञ्चार
  • २८ चैत २०८१ (१ महिना अघि)
  • ३१९

नेपाली बजारमा बिहीबार (चैत २८) सुनको मूल्य हालसम्मकै उच्च भएको छ । सुनको मूल्य एकैदिन तोलामा पाँच हजार ७०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ८१ हजार १०० रुपैयाँ कायम छ । यो हालसम्मकै उच्च मूल्य हो । बुधबार (चैत २७) छापावाल सुन प्रतितोला एक लाख ७५ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो । यही चैत २१ गते छापावाल सुन प्रतितोला एक लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यो यसअघिको उच्च मूल्य कायम थियो ।

चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तिम अध्यावधिक: २८ चैत २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस