शिक्षक र सरकारबीच आज ५ बजे छलफल हुँदै

होमपेज / मुख्य समाचार / स्वास्थ्य/शिक्षा /
  • रेडियो सुदूर सञ्चार
  • २८ चैत २०८१ (३ हप्ता अघि)
  • ३७६

शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै सडक आन्दोलनमा रहेका शिक्षक आज सरकारसँग छलफलमा बस्ने भएका छन् । आफूसहित प्रमुख संघ संगठनका अध्यक्ष बिहीबार अपराह्न ५ बजे शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा हुने छलफलमा बस्न लागेको नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए ।

“हाम्रा माग यी हुन्, यी माग पूरा गरे हामी सडकबाट फर्किन्छौँ भन्ने स्पष्ट पार्न आज छलफलमा बस्न लागेका हौँ,” भण्डारीले भने ।शिक्षा ऐन जारी गराउनु नै शिक्षकको अहिलेको मुख्य माग भए पनि त्यसका लागि सरकारसँग वार्तामा जानुको विकल्प नरहेको उनको भनाइ छ ।

सरकारका तर्फबाट शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई र मन्त्रालयका सचिवद्वय छलफलमा बस्ने तालिका छ । शिक्षकका तर्फबाट आन्दोलन संयोजक नानुमाया पराजुलीको संयोजकत्वमा नेपाल शिक्षक महासंघ, नेपाल शिक्षक संघ लगायतका नेतृत्वकर्ता छलफलमा बस्दै छन् । मन्त्रालयले शिक्षकलाई वार्ताका निम्ति चारपटक औपचारिक आमन्त्रण गरेको थियो ।

अन्तिम अध्यावधिक: २८ चैत २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस