नयाँ वर्ष ०८२ सालको पूर्व सन्धयामा नेपाली बजारमा सुनको भाउ बढेर नयाँ कीर्तिमान बनाएको छ । आज (आइतबार) स्थानीय बजारमा सुनको भाउ बढेर हालसम्मकै उच्च विन्दूमा पुगेको हो ।
यसअघि सर्वाधिक एक लाख ८५ हजार रुपैयाँ पुगेको सुन आज एक हजार बढेर एक लाख ८६ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार एक हजार ९०५ रुपैयाँ पुगेको चाँदी आज एक हजार ९६० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ ।