Advertisement
Skip This
ट्रेण्डिङ

शिक्षक आन्दोलन निर्णायक मोडमा : सबैलाई माइतीघर मण्डलामा सहभागी हुन आग्रह

होमपेज / स्वास्थ्य/शिक्षा /
"मेरो आन्दोलन, मेरो सहभागिता"
  • चन्द्रिका चौधरी
  • ३ बैशाख २०८२ (६ महिना अघि)
  • ३५८

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले आफ्नो आन्दोलनलाई अझ सशक्त र निर्णायक बनाउँदै लैजाने घोषणा गरेको छ।

महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बैशाख २ गतेको आन्दोलनमा सहभागी सबैलाई धन्यवाद दिँदै, बैशाख ३ गते पनि सधैंझैं दिउँसो १२ बजे माइतीघर मण्डलामा उपस्थित हुन सबैमा आग्रह गरेका छन्।

उनले जारी गरेको अपिलमा भनिएको छ कि शिक्षक आन्दोलन अब निर्णायक मोडमा प्रवेश गरिसकेको छ र राज्य अझै पनि महासंघका मागप्रति अनुदार देखिएको छ। त्यसैले आन्दोलनलाई थप प्रतिबद्धता र सहभागितासहित अगाडि बढाउनुको विकल्प नरहेको उनको भनाइ छ।

देशभरका शिक्षकहरुलाई राजधानी काठमाडौंको आन्दोलनमा सहभागी हुन विशेष अपिल गरिएको छ। "यो आन्दोलनले तपाईंको सक्रिय सहभागिता खोजिरहेको छ," सुवेदीले बताएका छन्। साथै, अनधिकृत विचार, अफवाह, षड्यन्त्र र भ्रामक समाचारबाट सतर्क रहन पनि महासंघले आग्रह गरेको छ।

"मेरो आन्दोलन, मेरो सहभागिता" र "बलियो उपस्थिति बलियो आन्दोलन, बलियो आन्दोलन बलियो उपलब्धि" जस्ता नारासहित महासंघले आन्दोलनलाई अझ व्यापक बनाउने संकेत दिएको छ।

महासंघका अनुसार, माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहनेछ।

अन्तिम अध्यावधिक: ३ बैशाख २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस