Advertisement
Skip This
ट्रेण्डिङ

कक्षा १२ को परीक्षा सरेको छैन : राष्ट्रिय परीक्षा बोर्ड

होमपेज / मुख्य समाचार / स्वास्थ्य/शिक्षा /
  • रेडियो सुदूर सञ्चार
  • ५ बैशाख २०८२ (६ महिना अघि)
  • २६१

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नसरेको बताएको छ । शिक्षकहरूको आन्दोलनका कारण परीक्षा सरेको भन्दै सामाजिक सञ्जालमा भ्रामक सूचना आएपछि बोर्डले परीक्षा नसरेको बताएको हो ।

‘यही २०८२ साल वैशाख ११ गतेवाट संचालन हुने गरी तय भएको कक्षा १२ को वार्षिक परीक्षाका सम्बन्धमा विद्यार्थीवर्गमा भ्रम सिर्जना हुने गरी परीक्षा स्थगित गरिएको भ्रामक सूचना विभिन्न सामाजिक संजालमा संप्रेषण गरिएको प्रति बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ । बोर्डले परीक्षाको वातवरण बनाउन प्रधानाध्यापकहरूलाई अनुरोध पनि गरेको छ ।

अन्तिम अध्यावधिक: ५ बैशाख २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस