बेलौरी : मोटरसाइकल ज*लि*रहेको अवस्थामा एक जना मृत फेला

होमपेज / समाचार / समाज /
बेलौरी : मोटरसाइकल ज*लि*रहेको अवस्थामा एक जना मृत फेला
  • शीतल भट्ट
  • ९ बैशाख २०८२ (१ बर्ष अघि)
  • १२३०

बेलौरी, कञ्चनपुर |

कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगर (निर्मल घाट) नजिकै एक जना पुरुष मृत फेला परेका छन्। घटनास्थलमा मोटरसाइकल र शव जलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक दीपेन्द्र चन्दले रेडियो सुदूर सञ्चारसँगको टेलिफोन कुराकानीमा भने, मंगलबार बिहान “सडक छेउमै एक जना मृत भेटिएका छन् भने मोटरसाइकल पूर्णरूपले जलिरहेको अवस्थामा फेला परेको छ। हामी अहिले घटनास्थलमै छौं, भर्खरै शवको सनाखत भएको छ।”

उनका अनुसार मृतक बेलडाँडी गाउँपालिका–३, कमरी निवासी अन्दाजी ५० वर्षीय हरिकिशन राना हुन्। 

प्रहरीको प्रारम्भिक अनुसन्धानले राना बिहान करिब ४:३० बजे घरबाट निस्किएको बुझिएको छ। उनले भने,  “घटनाकाे थप अनुसन्धान भइरहेको छ,”।

अन्तिम अध्यावधिक: ९ बैशाख २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस