Advertisement
Skip This
ट्रेण्डिङ

आयात करले अमेरिका सफल हुने ट्रम्पको विश्वास

होमपेज / अन्तर्राष्ट्रिय / प्रवास / मुख्य समाचार /
  • रेडियो सुदूर सञ्चार
  • १३ बैशाख २०८२ (६ महिना अघि)
  • ३८४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिलेको व्यापार युद्धमा अमेरिका विजयी हुने दाबी गरेका छन्। उनले यस वर्षबाट आयात करमा ५० प्रतिशतले वृद्धि भएको यो ठुलो सफलता हुने पनि बताएका हुन्। टाइममा प्रकाशित उनको अन्तरवार्तामा सो कुरा उल्लेख गरिएका छ।

ट्रम्पले अहिले इतिहासकै सबै भन्दा ठुलो आयात करको घोषणा गरेका छन्। सोही घोषणा अनुसार अमेरिका छिर्ने हरेक सामानमा १० प्रतिशत कर बढी लाग्ने छ। मेक्सिकोबाट आउने स्टिल, एल्मनियम र अटोमा २५ प्रतिशत तथा चीनबाट आउने सामानमा कम्तीमा १४५ प्रतिशत कर लगाइएको छ।

सबै हिसाब गर्ने हो भने अमेरिकाको करको मात्रा २२ दशमलव ८ प्रतिशत कर छ। यसको परिणाम अहिले अमेरिकाको अन्य देशसँगको व्यापार खस्कँदो छ। चीनसँगको व्यापार त शून्य उन्मुख देखिएको छ। धेरै व्यापारी भने लगानीका लागि डराइरहेका छन्।

अहिले व्यापार ओरालो लागे पनि केही समय पछि यसले अझ धेरै माथि उठाउने दाबी ट्रम्पले गरेका छन्। उनले अमेरिका अझ समृद्ध हुने बताएका छन्

अन्तिम अध्यावधिक: १३ बैशाख २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस