बेलाैरी, कञ्चनपुर —
‘सीप सिकौं, आत्मनिर्भर बनौं’ भन्ने मूल नाराका साथ गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (MEDPA) अन्तर्गत बेलौरी नगरपालिकामा रानाथारु महिला पहिरन सम्बन्धी ‘घंघरिया-अंगिया सीपमूलक तालिम’ मंगलबार सम्पन्न भएको छ।
‘तालिमको समापन बेलौरी नगरपालिकाका नगर प्रमुख पोतीलाल चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे।कार्यक्रममा नगर उपप्रमुख जोगराम चौधरी, नगर प्रवक्ता हर्कबहादुर भुल, कार्यक्रम फाेकल पर्सन किसन गम्वा, महिला अगुवा रितु चौधरी, कमला चाैधरी सहित विभिन्न स्थानीय सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागीता रहेको थियो।’
‘उद्यमशिल विकास शाखा प्रमुख दीपा रावतकाे समन्वयमा सञ्चालन भएको तालिम ०८१ माघ २७ देखि २३ बैशाख ०८२ गतेसम्म सञ्चालन गरिएको जनाइएको छ।, जसमा थारु समुदायका ९ जना महिलाहरू सहभागी भएका थिए। भने, परम्परागत थारु पहिरन — विशेषतः ‘घंघरिया’ र ‘अंगिया’ — सिलाउने सीप विकास गरी महिलालाई स्वरोजगारतर्फ अभिमुख गर्नु तालिमको उद्देश्य रहेको शाखा प्रमुख रावतले बताइन्।’
‘कार्यक्रममा सहभागी सबै महिलालाई एक-एक थान सिलाइ मेसिनसहित आवश्यक सामग्रीहरू वितरण गरिएको फाेकल पर्सन गम्वाले बताए । सामग्री वितरणसँगै सहभागी महिलाहरूले उत्साह व्यक्त गर्दै आफ्नो सीपले अब स्वरोजगारका ढोका खोल्ने विश्वास व्यक्त गरे।’
तालिममा सहभागी मानमती रानाले भनिन् – ‘पहिलोपटक यस्तो तालिममा सहभागी हुन पाउँदा निकै खुशी लागेको छ। मैले आफ्नो समुदायको परम्परागत पहिरन बनाउने सीप मात्र हैन, आत्मनिर्भर बन्ने बाटो पनि भेटें।’
अर्की सहभागी रामपति चौधरीले भनिन् – ‘अब म अरू महिलाहरूलाई पनि यो सीप सिकाउनेछु। नगरपालिका र MEDPA कार्यक्रमप्रति आभारी छु।’
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नगर प्रमुख पोतीलाल चौधरीले भने – ‘हाम्रो समुदायमा भएका मौलिक संस्कृति, परम्परा र पहिरनहरूलाई जोगाउँदै स्वरोजगारतर्फ लैजाने यो प्रयास निकै सकारात्मक छ। बेलौरी नगरपालिकाले सीप विकासलाई प्राथमिकता दिँदै महिला सशक्तीकरणको अभियानलाई निरन्तरता दिइरहेको छ।’
उनले थपे – ‘यस किसिमका तालिमले महिलालाई आत्मनिर्भर बनाउने मात्र होइन, समाजमा आत्मगौरव र सम्मानका साथ जीवन यापन गर्न उत्प्रेरणा दिन्छ। नगरपालिका आगामी दिनमा पनि थप सीपमूलक तालिमहरू सञ्चालन गर्ने प्रतिबद्धतामा छ।’
कार्यक्रममा उपप्रमुख जोगराम चौधरीले सीप सिक्न पाउनु महिलाको अधिकार भएको उल्लेख गर्दै यसले परिवार र समाजमा परिवर्तन ल्याउने विश्वास व्यक्त गरे। नगर प्रवक्ता हर्कबहादुर भुलले लघु उद्यम विकास कार्यक्रमअन्तर्गत थप नवप्रवर्तनशील योजना अघि बढाइने जानकारी दिए।
कार्यक्रमका फाेकल पर्सन किसन गम्वाले परम्परागत पहिरनलाई आधुनिक बजारमा पुर्याउन यस्ता तालिम र उत्पादनलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याए भने रितु चौधरीले तालिममा महिलाको उत्साहजनक सहभागिताले भविष्यप्रति आशा बढाएको बताइन्।
‘तालिमको समापन समारोहमा सहभागिहरूलाई प्रमाणपत्र वितरण गर्दै नगरपालिकाले आगामी दिनमा बजार अभिमुखीकरण तालिम, ब्रान्डिङ, मार्केट लिंकज र उत्पादकत्व वृद्धि कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता समेत जनाएको छ।’