‘नगर बखेरी कार्यक्रम’ मा संस्थापक अध्यक्ष सुन्दर सम्मानित

होमपेज / समाचार / समाज /
निरन्तर सामाजिक एकता र सद्भावकाे प्रतिबद्धता
  • चन्द्रिका चौधरी
  • २४ बैशाख २०८२ (५ घण्टा अघि)
  • ५७

बेलौरी, कञ्चनपुर

बेलौरी नगरपालिकाले नगर भलमन्सा कार्यक्रमअन्तर्गत भलमन्सा प्रणालीको सुरुवातदेखि विकासमा योगदान पुर्‍याएका संस्थापक अध्यक्ष सुन्दर चौधरीलाई एक विशेष समारोहबीच सम्मान गरेको छ।

नगरपालिकाको कार्य क्षेत्रभित्र भलमन्सा प्रणालीको संरक्षण, प्रवर्द्धन र विकास गर्न बनेको “भलमन्सा ऐन २०७८” को दफा ६ बमोजिम आयोजित नगर बखेरी कार्यक्रममा नगर प्रमुख पोतीलाल चौधरी र उपप्रमुख जाेगराम चाैधरीले सुन्दरलाई अबिर, माला, दोसल्ला र सम्मान पत्र सहित औपचारिक रूपमा सम्मान गरेका हुन्।

कार्यक्रममा बोल्दै -

नगर प्रमुख पोतीलाल चौधरीले भने, “हाम्रा परम्परागत मूल्य र प्रणालीहरू, जस्तै भलमन्सा, सामुदायिक सद्भाव, आपसी सहयोग र सहकार्यको प्रतीक हुन्। सुन्दर चौधरीज्यूले बेलौरीमा यसको संस्थागत रूप दिँदै निरन्तर समाज सेवामा समर्पित हुनुभएको छ। उहाँको योगदान अमूल्य छ, त्यसैले आजको यो सम्मान उहाँप्रति नगरवासीको कृतज्ञता हो।

सम्मान ग्रहण गर्दै संस्थापक अध्यक्ष सुन्दर चौधरीले भने,

“मैले सुरुमा एउटा सानो प्रयासका रूपमा भलमन्सा संस्कृतिको पुनर्जागरण गर्न थालेको थिएँ। आज यो कार्यक्रमलाई नगरपालिकाले आधिकारिक रूपमा अंगिकार गर्नु सुखद अनुभूति हो। म यो सम्मान नगरवासी सबैप्रति समर्पित गर्न चाहन्छु र आगामी दिनमा पनि सामाजिक एकता र सद्भावका लागि निरन्तर लागिरहने छु।”

चाैधरी बेलाैरी नगरपालिका १ का स्थानीय एवम् थारु समुदायका अगुवा युवा हुन् । राजनीतिमा औंधी रुचि राख्ने उनी नेकपा माओवादी केन्द्र बेलाैरी नगर सचिव समेत हुन्।

बेलौरी नगर भलमन्सा समिति कञ्चनपुरको सहजीकरणमा सम्पन्न उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, गाउँ भलमन्सा एवम् सराेकारवालाहरुकाे उल्लेख्य उपस्थिति रहेको थियो।

बेलाैरी नगर भलमन्साकाे नगर बखेरी (नगरअधिवेशन) कार्यक्रम ०८२ बाट पुनः अमर सिंह चाैधरी नेतृत्वकाे पुरानै समितीलाई सर्वसम्मत चयन गरेकाे छ ।

कार्यक्रमले समुदायमा भलमन्सा प्रणालीको औचित्य, महत्व र यसको निरन्तरताबारे गहिरो सन्देश प्रवाह गरेको सहभागीहरूको धारणा थियो।

अन्तिम अध्यावधिक: २४ बैशाख २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस