भारत र पाकिस्तानलाई आ*क्रमण बन्द गर्न अमेरिकाको आग्रह

होमपेज / अन्तर्राष्ट्रिय /
  • रेडियो सुदूर सञ्चार
  • २६ बैशाख २०८२ (१ दिन अघि)
  • १०६

अमेरिकाले एक अर्कामाथि आक्रमण बन्द गर्न भारत र पाकिस्तानलाई आग्रह गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसले पत्रकार सम्मेलन गर्दै युद्धले कुनै समाधान ननिकाल्ने बताउनुभएको छ ।

युद्धबाट कुनै पनि समाधान निस्कँदैन भन्ने कुरा मध्य पूर्वबाट प्रमाणित भइसकेकोले हिंसा, सैन्य कारबाही र युद्ध बन्द हुनुपर्छ भन्ने अमेरिकाको सन्देश रहेको उहाँको भनाइ छ ।

उहाँले अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतीय विदेशमन्त्री एस जयशंकर र पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफसँग फोनमा कुराकानी गरेको जानकारी दिनुभयो ।

यस क्रममा रुबियोले दुवै देशका नेताहरूलाई तनाव कम गर्न र हिंसा रोक्न आग्रह गरेको बीबीसीले जनाएको छ । यसअघि अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले वार्ता नै युद्ध समाधानको विकल्प रहेको बताउनुभएको छ ।

दुवै देशलाई तनाव कम गर्न अमेरिकाले प्रोत्साहित गर्ने तर आफू  यो युद्धमा सामेल नभई यो मामिलालाई कूटनीतिक माध्यमबाट समाधान प्रयास गर्ने उहाँको भनाइ छ । 

अन्तिम अध्यावधिक: २६ बैशाख २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस