५ लाख ७० हजार घुससहित इन्जिनियर पक्राउ

होमपेज / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २ जेठ २०८२ (४ घण्टा अघि)
  • १४६

सघन सहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियर ५ लाख ७० हजार घुससहित पक्राउ परेका छन् ।

महोत्तरीको भंगहा नगरपालिका–२ घर भई भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थली बस्ने ४२ वर्षीय सन्तोष कुमार यादवलाई प्रहरीले घुससहित पक्राउ गरेको हो ।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ एक रेस्टुरेन्टबाट उनलाई घुससहित बिहीबार पक्राउ गरिएको हो ।

उनले खोटाङमा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानीको भन्दै विभिन्न बहानामा दुःख दिने गरेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

अन्तिम अध्यावधिक: २ जेठ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस