सुनको मूल्यमा भारी वृद्धि, कतिमा कारोबार हुँदैछ त ?

होमपेज / अर्थ /
  • रेडियो सुदूर सञ्चार
  • ७ जेठ २०८२ (२ हप्ता अघि)
  • ३४७

नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुन तोलामा पाँच हजार रुपैयाँले बढेको जनाएको छ ।

महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन तोलामा १ लाख ८४ हजार ८ रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदी ५० रुपैयाँले बढेर १ हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार चाँदी प्रतितोला १ हजार ९४० रुपैयाँमा कारोबार भएको थियो । 

अन्तिम अध्यावधिक: ७ जेठ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस