विवादपछि फिल्म ‘स्प्रिट’बाट बाहिरिइन् दीपिका

होमपेज / मनोरंजन /
  • रेडियो सुदूर सञ्चार
  • ८ जेठ २०८२ (१ हप्ता अघि)
  • ११३

प्रतीक्षित भारतीय फिल्म ‘स्प्रिट’मा केही भएजस्तो देखिन्छ । अभिनेत्री दीपिका पादुकोण निर्देशक सन्दीप रेड्डी भाङ्गाको आगामी फिल्म ‘स्प्रिट’को हिस्सा नहुने भएकी छन् ।

तेलुग संचारमाध्यममा आएका विवरणअनुसार, पादुकोण र भाङ्गाबीचको मनमुटावको असरको फलस्वरुप दीपिका प्रोजेक्टबाटै बाहिरिएकी छन् । गतसाता यो ‘पुलिस ड्रामा’मा अभिनेता प्रभासको अपोजिटमा दीपिकालाई कास्ट गरिएको खबर थियो ।

तर, बुधबार बेलुका खबर यस्तो आयो कि केही ‘अव्यवसायिक माग’ राखेको कारण दीपिकासँग निर्देशक भाङ्गा असन्तुष्ट भए । तेलुगु मिडियाका अनुसार दीपिकाले यो फिल्मका लागि मुनाफासहित ४० करोड भारु पारिश्रमिक, ६ घण्टा मात्र छायांकन र तेलुगु संवाद नबोल्ने सर्त राखेकी थिइन् ।

यो विकासक्रममा दीपिकाको टिमबाट कुनै प्रतिक्रिया आएको छैन । विवरणअनुसार, निर्देशक भाङ्गा दीपिकाको ठाउँमा अभिनय गर्ने अभिनेत्रीको खोजीमा जुटेका छन् । अक्टोबरमा छायांकन तयारीमा रहेको यो फिल्मलाई टि-सिरिजको ब्यानरमा भुषण कुमारले निर्माण गर्दैछन् ।

भाङ्गा निर्देशित फिल्म ‘एनिमल’ (२०२३) ब्लकबस्टर भएको थियो । अभिनेता प्रभास भने गतवर्षको सुपरहिट फिल्म ‘कल्की २८९८ एडी’मा देखिएका थिए ।

दीपिका भने ‘स्प्रिट’बाट बाहिरिएपछि शाहरुख खानको फिल्म ‘किङ’मा विशेष भूमिकामा देखिनेछन् । यो फिल्मको सुटिङ बुधबारदेखि सुरु भएको छ । साथै, एट्लीले निर्देशन र अल्लु अर्जुनको शीर्ष भूमिका रहने फिल्ममा पनि दीपिका देखिने चर्चा छ ।

 

 

 

 

 

 

 

 

अन्तिम अध्यावधिक: ८ जेठ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस