ट्रेण्डिङ

सुन-चाँदीको मूल्य घट्यो

होमपेज / अर्थ /
  • रेडियो सुदूर सञ्चार
  • ९ जेठ २०८२ (३ महिना अघि)
  • ३१८

स्थानीय बजारमा सुन- चाँदीको मूल्य ओरालो लागेको छ। शुक्रबार सुनको मूल्य तोलामा ११ सय र  चाँदी २० रुपैयाँले घटेको हो। नेपाल- सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ११ सय रुपैयाँ घटेर  प्रतितोला सुनको मूल्य १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको छ। 

बिहीबार एक तोला सुनको मूल्य १ लाख ९१ हजार ५०० रुपैयाँ तोकिएको थियो।

यसैगरी बिहीबार चाँदी प्रतितोला २ हजार २५ रुपैयाँमा खरिदबिक्री भएकोमा आज २ हजार ५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

अन्तिम अध्यावधिक: ९ जेठ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस