आजदेखि त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला शुरु हुँदै, नेपालको खेल भोलि

होमपेज / खेलकुद /
  • रेडियो सुदूर सञ्चार
  • १ असार २०८२ (२ हप्ता अघि)
  • ४८०

स्कटल्यान्डमा आजदेखि त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला शुरु हुँदैछ । शृङ्खलाको पहिलो खेलमा आज घरेलु टोली स्कटल्यान्ड र नेदरल्यान्डस् खेल्दैछन् । यो खेल ग्लास्गोमा नेपाली समयअनुसार पौने ७ बजे शुरु हुनेछ ।

नेपालले आफ्नो पहिलो खेल भोलि नेदरल्यान्ड्ससँग खेल्नेछ । नेपालले घरेलु टोलीसँगै नेदरल्यान्ड्ससँग टी–२० शृङ्खला खेल्नेछ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीमा रुपेश सिंह र किरण ठगुन्नाले पहिलो पटक मौका पाएका छन् । तीव्र गतिका बलर सोमपाल कामी र अलराउन्डर गुलशन झा अभ्यास खेलमा घाइते भएकाले टी–२० शृङ्खला गुमाउनेछन् ।

अन्तिम अध्यावधिक: १ असार २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस