त्रिदेशीय टी-२० सिरिज : नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

होमपेज / खेलकुद /
  • रेडियो सुदूर सञ्चार
  • २ असार २०८२ (१ महिना अघि)
  • ५५८

स्कटल्यान्डमा हुने त्रिदेशीय टी २० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले आज पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्दैछ। नेपालले तितवुड मैदानमा नेपाली समय अनुसार बेलुका पौने ८ बजे पहिलो खेल खेल्नेछ।

सिरिजको पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराउँदै विजयी सुरुवात गरिसकेको छ। नेपालले यस अघि आईसीसी क्रिकेट विश्वकप लिग २ को श्रृङ्खला खेलेको थियो। जसमा नेपालले ४ खेलमध्ये ३ खेल जित्दै ६ अङ्क जोडेको छ।

श्रृङ्खला सकिएपश्चात् नेपाली टिमले त्रिदेशीय टी २० सिरिज खेल्न लागेको हो। यस सिरिजका लागि नेपाली टिममा ३ जना नयाँ खेलाडी थपिएका छन्। जसमा रुपेश सिंह र किरण ठगुन्नाले नेपाली टिमबाट अन्तर्राष्ट्रिय डेब्यु गर्ने सम्भावना रहेको छ ।

रुपेश यसअघि पनि हङकङ सिरिजमा नेपाली टिमका सदस्य रहेका थिए तर उनले नेपाली जर्सीमा डेब्यु गर्न भने बाँकी रहेको छ। किरण ठगुन्ना भने पहिलो पटक राष्ट्रिय टिमको सेटअपमा परेका हुन् ।

टिममा आएका लोकेश बम भने नेपालका लागि टी २० अन्तर्राष्ट्रिय खेलिरहेका खेलाडी हुन्। आक्रमक स्वभावको ब्याटिङ गर्न रुचाउने लोकेश टी २० लागि राम्रो ब्याटर मानिन्छन्। 

नेपाली टिममा रहेका तीव्र गतिका बलर सोमपाल कामी र अलराउन्डर गुल्सन झा लिग २ श्रृङ्खलाको अन्तिम खेल अगावै घाइते भएपश्चात टिमबाट बाहिरिएका हुन्।

त्रिदेशीय सिरिज खेल्ने नेपाली टोली : 
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल कुमार शाह, भीम सार्की, आरिफ शेख, बसिर अहमद, दिपेन्द्र सिंह ऐरी, ललित राजवंशी, करण केसी, नन्दन यादव, सन्दिप लामिछाने, रिजन ढकाल, लोकेश बम, किरण ठगुन्ना र रुपेश सिंह

अन्तिम अध्यावधिक: २ असार २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस