ट्रेण्डिङ

५ उद्योग तथा फर्मलाई १० लाख २० हजार जरिबाना

होमपेज / उद्योग /
  • रेडियो सुदूर सञ्चार
  • ३ असार २०८२ (२ महिना अघि)
  • १७७

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई दिनमा ५ उद्योग तथा फर्मलाई १० लाख २० हजार रुपैयाँ जरिबाना तिराएको छ ।

विभागको अनुगमन टोलीले सोमबार र मंगलबार गरी ४३ उद्योग तथा फर्म अनुगमन गरेको थियो । अनुगमन क्रममा काठमाडौं महानगरपालिका–२६ को बस्नेत इलेक्ट्रोनिक्स सेन्टर र भरत ट्रेड प्रालिलाई समान २ लाख ५ हजार रुपैयाँ जरिबाना तिराएको थियो ।

यस्तै आज मंगलबार विभागले काठमाडौं महानगरपालिका–१३ को ग्लोबल ट्रेडिङ कम्प्लेक्स प्रालिलाई २ लाख ५ हजार, काठमाडौं महानगरपालिका–२८ को स्टार अफिस इन्टरनेसनललाई २ लाख ५ हजार रुपैयाँ र काठमाडौं महानगरपालिका–१ को एक्सन प्वाइन्ट नेपाल प्रालिलाई २ लाख रुपैयाँ गरी ६ लाख १० हजार रुपैयाँ जरिबाना तिराएको हो ।

यी ५ उद्योग तथा फर्मले आफ्ना इलेक्ट्रिक उत्पादनमा रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ ९ङ० को कसुर र सोही ऐनको दफा ३९ को १ ९ख० बमोजिम कारबाही गरिएको विभागले जनाएको छ ।

पछिल्लो समय विभागले बजार पारदर्शी बनाउन र उपभोक्तालाई ठगिनबाट जोगाउन एमआरपी सहितको लेबलले महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै बजार अनुगमन तीव्र बनाएको छ ।

अनुगमनमा विभागले दैनिक एमआरपी लेबल नलगाउने र आफ्ना उत्पादनमा रिलेबलिङ गर्ने, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गर्ने उद्योगी–व्यवसायीलाई २ लाखदेखि ३ लाख रुपैयाँसम्म जरिबाना तिराउँदै आएको छ ।

अन्तिम अध्यावधिक: ३ असार २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस