उखु कृषकलाई दिइँदै आएको अनुदान रकम रोकियो, किसान चिन्तित

होमपेज / कृषि /
  • रेडियो सुदूर सञ्चार
  • ५ असार २०८२ (१ हप्ता अघि)
  • ३११

सरकारले उखु खेतीमा कृषकलाई प्रोत्साहन गर्न ७ वर्षदेखि दिइँदै आएको अनुदान रकम अगामी आर्थिक वर्षको बजेटमा कटौती गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १५ जेठमा सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा उखु किसानलाई दिइँदै आएको अनुदान रकम समेटिएको छैन ।

सरकारले प्रतिक्विन्टल उखुमा ७० रुपैयाँ अनुदान दिने गर्छ । २०७५ सालदेखि उत्पादनका आधारमा किसानलाई अनुदान रकम दिँदै आएको थियो ।

सरकारले दिने अनुदान रकम कटौती हुने भएपछि उत्पादन लागत नउठ्ने भन्दै किसान थप चिन्तित बनेका छन् ।

सरकारले चालु आव २०८१/८२ का लागि अनुदान सहित उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ६ सय ५५ रुपैयाँ तोकेको छ ।

यसमा ७० रुपैयाँ सरकारको अनुदान रकम हुन्छ भने ५ सय ८५ रुपैयाँ उद्योगीले किसानलाई दिने रकम हो ।

अन्तिम अध्यावधिक: ५ असार २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस