बाजुराको बुढीगंगा नगरपालिकाको नाम परिवर्तन हुने

होमपेज / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • ११ असार २०८२ (२३ घण्टा अघि)
  • २८२

बाजुरा -

बाजुराको बुढीगंगा नगरपालिकाको नाम परिवर्तन हुने भएको छ । सो नगरपालिका अब बार्जु नगरपालिकामा परिणत हुने भएको हो । मङ्गलबार बुढीगंगाको १२ औं नगर अधिवेशन (सभा) ले सो निर्णय गरेको हो ।

 

सङ्घीय बजेट र पत्राचारमा जहिले नाम जुधेर समस्या हुने गरेको थियो त्यसैले नाम परिवर्तनको निर्णय गरेका हौ नगर प्रमुख रामबहादुर बाँनियाले बताए ।

नगरपालिकाको नाम छोटोमा लेख्दा बुनपा हुने त्यसो हुँदा बाजुराकै बुढीनन्दा नगरपालिकादेखि कोशी प्रदेशको मोरडको बुढीगंगा गाउँपालिकासम्म जुध्ने गरेको थियो ।

बुढीगंगाका लागि मागिएको बजेट बुढीनन्दामा गएकाले आग्रह गरेर हामीले आफ्नोमा फिर्तासम्म गराउनु परेका उदाहरण छन् नगर प्रमुख बाँनियाले बताए । नगरसभाले निर्णय गरेपछि सुदूरपश्चिम प्रदेश सरकार र सङ्घीय सरकारबाट आवश्यक प्रक्रिया पूरुा गर्ने गरेर पहल गरिने उहाँले बताए ।

बुढीगंगा नगरपालिका साविकका बाह्रविस, ब्रहमतोला र कुल्देमाडौ गाविस मिलेर बनेको छ । बुढीगंगामा १० वडा रहेका छन् ।नाम परिवर्तन गर्नका लागि जेठका अन्तिम साता भएको कचहरीले समेत सल्लाह दिएको थियो । सो कचहरीमा उपस्थित प्रमुख दल नेकपा (एमाले) , नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी)  र नेकपा  (माओवादी केन्द्र)  का मुख्य नेताहरुले नै नाम बुढीगंगाको नाम परिवर्तन गरेर बार्जु वा बार्जुकोट राख्न सुझाव दिएका थिए । 

अन्तिम अध्यावधिक: 0000-00-00 00:00:00
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस