माओवादीका युवा नेता ऐरले गरिब तथा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा पढाउदै

होमपेज / समाचार / स्वास्थ्य/शिक्षा /
  • रेडियो सुदूर सञ्चार
  • २ साउन २०८२ (२ दिन अघि)
  • २८०

कञ्चनपुर -

नेकपा माओवादी केन्द्रका युवा नेता नवराज ऐरले गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई उच्च शिक्षा पढाउन पहल गर्दैछन् । शुक्लाफाँटा नगरपालिका भित्रका उच्च शिक्षा अध्ययन गर्न इच्छुक गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई उच्च शिक्षा पढाइमा सहयोग गर्दै आएका छन् ।  

नेकपा माओवादी केन्द्रको सहायक संगठन वैश्य नेपालका केन्द्रीय उपाध्यक्ष तथा पार्टी प्रदेश कमिटी सदस्य युवा नेता नवराज ऐर शुक्लाफाँटा वडा नं १ का स्थानीय बासी हुन् । उनले विगतका वर्षहरूबाट शुक्लाफाँटा नगरपालिकाभित्रका गरिब तथा जेहनदार विद्यार्थीहरूलाई उच्च शिक्षा पठनपाठनका लागि राजधानीका विभिन्न कलेजहरुमा भर्ना गराउँदै आएका छन् । विद्यार्थीहरूलाई निःशुल्क तथा छात्रवृत्ति प्रदान गरी उच्च शिक्षा अध्ययन गर्न पहल गर्दै आएका हुन् । 

चालु शैक्षिक सत्र ०८२ मा नेता ऐरले नगरका दुई विपन्न जेहेन्दार विद्यार्थीलाई राजधानी काठमाण्डौँमा सत प्रतिशत छात्रबृति दिलाएका छन् । शुक्लाफाँटा नगर मेयरका प्रत्यासी समेत रहेका ऐरले शुक्लाफाँटा नपा १० झलारीकी समता चुनारा र सजन चुनारालाई उच्च शिक्षा अध्ययनका लागि काठमाण्डौँको हिमालयन कलेजमा छात्रबृति दिलाएका हुन् ।

सत प्रतिशत छात्रबृतिमा समतालाई कक्षा ११ व्यवस्थापन संकाय र ५० प्रतिशतमा सजनलाई कक्षा ११ विज्ञान संकायमा भर्ना गराईएको छ । पूर्व विद्यार्थी नेता समेत रहेका ऐरले विगतका बर्षहरुदेखि शुक्लाफाँटा नगरका जेहेन्दार, विपन्न दलित, आदिवासी जनवजाती, द्वन्द्वपीडित लगायतका विद्यार्थीको उच्च शिक्षाका लागि निःशुल्क तथा छात्रबृत्तिमा पठनपाठन गराउन पहल गर्दै आएका छन् ।

शैक्षिक सत्र ०८१मा एसईई उर्तिण गरेका विद्यार्थीका लागि छात्रबृति अभियान संचालन गरेको ऐरले बताए । आवश्यकता अनुरुप पुर्णदेखि आधा छात्रबृति दिलाईने उनले बताए । यसरी आफ्नो गृहनगरका विद्यार्थीको उच्च शिक्षाका लागि निरन्तर भूमिका निर्वाह गरेपछि विद्यार्थी, अभिभावक, स्थानीयले ऐरको समाजिक कार्यकोे प्रसंसा गरेका छन् ।

अन्तिम अध्यावधिक: २ साउन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस