निरु चौधरी / बेलाैरी, कञ्चनपुर –
शिक्षा क्षेत्रमा सकारात्मक योगदान पुर्याउने उद्देश्यका साथ बेलाैरी काठमाडौं समाजले गरिब तथा जेहेन्दार विद्यार्थीलाई स्कुल ब्याग वितरण गरेको छ।
समाजले बेलाैरी नगरका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत १ सय २५ जना विद्यार्थीलाई स्कुल ब्याग वितरण गरेको हाे ।
बेलाैरी काठमाडौं समाजद्वारा सामुदायिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा कमजोर जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री स्वरुप स्कुल ब्याग (झाेला) हस्तान्तरण गरिएको समाजका सदस्य एवम् इन्जिनियर दिपेन्द्र विष्टले बताए ।
झाेला वितरण कार्यलाई लक्षित र प्रभावकारी बनाउन समाजका अध्यक्ष ज्ञानेन्द्र जाेशीले बेलाैरीका सदस्यत्रय दिपेन्द्र विष्ट, लक्ष्मण दियाल र महेश जाेशीलाई जिम्मेवारी प्रदान गरेका थिए।
उक्त शैक्षिक सामग्री हस्तान्तरण गर्दै युवा वरिष्ठ समाजसेवी तथा इन्जिनियर विष्टले भने, “शिक्षा नै जीवनको वास्तविक सम्पत्ति हो। हाम्रो सानो सहयोगले यी बालबालिकाको शैक्षिक यात्रामा प्रेरणा मिलोस् भन्ने हाम्रो चाहना हो। भविष्यमा पनि यस्ता सामाजिक कार्यमा मेरो व्यक्तिगत तथा संस्थागत सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दछु।”
बेलाैरी काठमाडौं समाजका अध्यक्ष जोशीले, “यो कार्यमा हाम्रो समाजलाई, विभिन्न सहयोगी हातहरूकाे महत्वपूर्ण योगदान रहेको बताए।, हामीले सहकार्य र समन्वयको भूमिका मात्रै निर्वाह गरेका हौं।
यसकार्यमा विशेष गरी श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (CEO) लीलामणि न्यौपाने ज्यूकाे महत्त्वपूर्ण सहयोग रहेको छ।, उहाँलाई धेरै-धेरै धन्यवाद, जसको विश्वास र सहयोगले आज सुदूरका गरिब तथा जेहेन्दार विद्यार्थीहरुले राहत महसुस गरे।”
प्रमुख कार्यकारी अधिकृत न्यौपानेका अनुसार, “शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन स्थानीय स्तरमा काम गर्ने संस्थाहरूसँगको सहकार्य अत्यावश्यक छ। बेलाैरी काठमाडौं समाजले गरिरहेको काम सराहनीय लाग्यो, र भविष्यमा पनि यस्ता कार्यक्रमका लागि हाम्रो संस्थाले सहयोग गर्नेछ।”
विद्यालयका शिक्षक र अभिभावकले पनि यो सहयोगलाई स्वागत गर्दै आभार प्रकट गरेका छन्।
शान्ति माविका प्रधानाध्यापक प्रेमबहादुर थापाले भने, “यस प्रकारको सहयोगले अभावका कारण अध्ययनमा कठिनाइ भोगिरहेका विद्यार्थीको मनोबल बढाउँछ। स्कुल ब्याग जस्तो सानो देखिने सामग्रीले पनि उनीहरूलाई विद्यालयप्रति अझ आकर्षित बनाउँछ।” बेलाैरी काठमाडौं समाजकाे याे कार्य निकै प्रशंसनीय छ।,
अभिभावक मनबहादुर चाैधरीले भने, “हामी जस्ता विपन्न परिवारका लागि यो ठूलो सहयोग हो। हाम्रो बच्चाले राम्रोसँग पढ्न सकून् भन्ने हाम्रो चाहना हो, र यस्तो सहयोगले त्यो सम्भावना बढाउँछ।”
समाजले सहयोगी सबै हातहरूलाई आभार व्यक्त गर्दै आगामी दिनमा पनि एकल महिला, शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा समेत सक्रिय रहने प्रतिबद्धता जनाएको छ।