बेलौरी, कञ्चनपुर -
कञ्चनपुरमा लागूऔषधसहित तीन युवती पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका-१२ जुगेडा बस्ने १९ वर्षीया संगिता राना, लम्कीचुहा नगरपालिका-९ बस्ने २० वर्षीया रेनुका चौधरी र कञ्चनपुरको बेलौरी नगरपालिका-४ बस्ने १८ वर्षीया किशोरी रहेका छन् ।
जिल्लाको पुनर्वास नगरपालिका-६,ङ गाउँस्थित भारतबाट नेपालतर्फ आउदै गरेका उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
उनीहरूको साथबाट ९०० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।