विद्युत प्राधिकरणबाट हितेन्द्र हटाइए, मनोज सिलवाल कार्यकारी निर्देशक नियुक्त

होमपेज / -विद्युत / मुख्य समाचार /
हितेन्द्रलाई जल तथा उर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ पदमा नियुक्त गरिने
विद्युत प्राधिकरणबाट हितेन्द्र हटाइए, मनोज सिलवाल कार्यकारी निर्देशक नियुक्त
  • रेडियो सुदूर सञ्चार
  • ५ असोज २०८२ (४ महिना अघि)
  • ३८६

सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गरेको छ ।

आज बसेको मन्त्री परिषद बैठकले हितेन्द्र शाक्यलाई हटाएर सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

केपी शर्मा ओली नेतृत्वको सरकारले २०८१ चैत्र ११ गते कुलमान घिसिङलाई बर्खास्त गर्दै विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्यलाई नियुक्त गरेको थियो । शाक्य यसअघि पनि ओली प्रधानमन्त्री हुँदा प्राधिकरणका निर्देशक बनेका थिए ।

हितेन्द्रलाई जल तथा उर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ पदमा नियुक्त गर्ने निर्णय भएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

अन्तिम अध्यावधिक: ५ असोज २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस