जेन–जी आन्दोलनमा दमन गर्नेलाई कारबाही गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

होमपेज / मुख्य समाचार / राजनीति /
जेन–जी आन्दोलनमा दमन गर्नेलाई कारबाही गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
  • रेडियो सुदूर सञ्चार
  • ९ असोज २०८२ (१० महिना अघि)
  • ४३५

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले गएकाे भदाै २३ र २४ गते जेन–जी आन्दोलनमा दमन गर्ने गर्नेलाई कानूनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भन्नुभयाे, ‘आन्दोलनका क्रममा गोली हानेर युवाहरूको हत्या गर्ने कार्यमा संलग्नलाई सख्त कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

यस्तै प्रधानमन्त्रीले आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूलाई शहीद घोषणा गरी ज्यान गुमाएका परिवारलाई आवश्यक राहतको घोषणा गरिएको पनि उल्लेख गर्नुभयाे । घाइतेहरूको निःशुल्क उपचार भइरहेको उहाँले बताउनुभयाे ।

प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण गर्दै देशमा सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भयो । 

जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाउनेकाे सङ्ख्या ७४ जना पुगेकाे छ ।

अन्तिम अध्यावधिक: ९ असोज २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस