Advertisement
Skip This
ट्रेण्डिङ

निर्वाचन आयोगले कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन गर्ने

होमपेज / मुख्य समाचार / राजनीति /
आउँदो फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले भोट हाल्न पाउने
  • रेडियो सुदूर सञ्चार
  • ९ असोज २०८२ (३ हप्ता अघि)
  • १९४

निर्वाचन आयोगले मतादाता नामावली सङ्कलन र अद्यावधिक गर्ने समय आउँदो कात्तिक मसान्तसम्मलाई तोकेको छ ।

आज बसेको आयोगको बैठकले आउँदो कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन गर्ने निर्णय गरेको हाे । राष्ट्रपति रामचन्द्र पौडेलले हिजो मतदाता नामावलीसम्बन्धी अध्यादेश जारी गरेपछि आयोगले यस्तो निर्णय गरेको हो ।

आयोगका अनुसार आउँदो फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले भोट हाल्न पाउने गरी कात्तिक मसान्तसम्म नामावली सङ्कलन र अद्यावधिक गर्ने निर्णय भएको छ ।

अन्तरिम सरकारले आउँदो फागुन २१ गते प्रतिनिधिसभाको चुनाव तोकेको छ । चुनाव घोषणापछि मतदाता नामावली सङ्कलन रोकिने व्यवस्था भए पनि सरकारले हिजो अध्यादेश ल्याएर कानून परिवर्तन गरेको हो । 

अन्तिम अध्यावधिक: 0000-00-00 00:00:00
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस