दशैंको सार्वजनिक बिदामा पनि पेट्रोलियम पदार्थको सहज आपूर्ति सुनिश्चित गर्न नेपाल आयल निगमका कार्यालय तथा डिपो खुला रहने भएका छन्।
निगमका अनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रादेशिक कार्यालयसँगै धनुषा, चारआली, नेपालगञ्ज, वीरगन्ज, दाङ र दीपायलस्थित डिपो बिदामा पनि सञ्चालन हुनेछन्। दशैंमा सवारीसाधनको प्रयोग बढ्ने भएकाले इन्धन खपत सहज बनाउन यो व्यवस्था गरिएको हो।