आईसीसी टी-२० विश्वकप एशिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स चरणमा प्रवेश गरेको नेपालले आज यूएईसँग भिड्दैछ।खेल ओमानमा नेपाली समयअनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ।
सुपर सिक्समा नेपालले यूएईसहित कतार, ओमान र सामोआसँग प्रतिस्पर्धा गर्नेछ।समूह ‘ए’ बाट यूएई र कतार, समूह ‘बी’ बाट नेपाल र जापान तथा समूह ‘सी’ बाट ओमान र सामोआ अघिल्लो चरणमा पुगेका हुन्।
नेपाल र यूएईले सुपर सिक्समा समान दुई अंक जोडेका छन्।समूह चरणमा नेपालले जापानसँग खेलिसकेकाले अब सुपर सिक्समा त्यस टोलीसँग भिड्नुपर्ने छैन।
नेपालले भोलि कतार, बुधवार ओमान र शुक्रवार सामोआसँग खेल्ने तालिका बनाएको छ।सुपर सिक्सको शीर्ष तीन टोलीले आउँदो वर्ष भारत र श्रीलङ्कामा हुने टी-२० विश्वकपमा स्थान पाउनेछन्।