Advertisement
Skip This
ट्रेण्डिङ

कैलालीमा मलामी बोकेको ट्याक्टर दु*र्घट*ना : तीन जनाकाे मृ*त्यु, १२ घाइते

होमपेज / दुर्घटना / मुख्य समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २ कात्तिक २०८२ (२ दिन अघि)
  • ३०४

कैलाली -

कैलालीमा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीन जनाकाे मृत्यु भएको छ भने १२ घाइते भएका छन् ।बर्दगोरिया गाउँपालिका–४ बाट चिसापानीतर्फ गइरहेको सुपप्र  ०१००२ त ४९५१ नम्बरको ट्याक्टर लम्कीचुहा नगरपालिकाकाे धोबेनी खोलामा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जाेराले दुर्घटनामा बर्दगोरिया गाउँपालिका–४ का ६४ वर्षीय दानबहादुर साउद, ३४ वर्षीय हर्क साउद र १६ वर्षीय शीतल साउदको घटनास्थलमै मृत्यु भएको बताए ।

उनकाअनुसार दुर्घटनामा १२ जना घाइते भएका छन् । घाइते मध्ये चार जनाकाे अवस्था गम्भीर रहेका छन् । घाइतेहरूकाे स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ  ।

अन्तिम अध्यावधिक: २ कात्तिक २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस