निरु चाैधरी/ कञ्चनपुर —
जिल्लाको दक्षिणी क्षेत्र बेलौरीमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बेलाैरी –३ निवासी अन्दाजी ६५ वर्षीय श्रीप्रसाद आचार्य रहेको प्रहरीले जनाएको छ।
आचार्य बेलौरी नगरपालिका–५ स्थित पुष्पलाल सामुदायिक वन क्षेत्रमा सोमबार बिहान हात्तीको आक्रमण परेका थिए ।
इलाका प्रहरी कार्यालय बेलाैरीका अनुसार आचार्यको शव बेलौरी–कलुवापुर सडक खण्डबाट करिब सय मिटर भित्र क्षतविक्षत अवस्थामा फेला परेको थियोे । घटनास्थल नजिकै साइकल समेत भेटिएको प्रहरीले जनाएको छ।
स्थानीयका अनुसार सो क्षेत्रमा करिब एक महिनादेखि हात्तीको बथान देखिँदै आएकाले आवतजावतमा सतर्कता अपनाउन सर्वसाधारण सबैलाई अनुरोध गरिएको छ।