धनगढीको शिवपुरी धाममा ११ करोड दीप प्रज्वलन

होमपेज / मुख्य समाचार /
धनगढीको शिवपुरी धाममा ११ करोड दीप प्रज्वलन
  • रेडियो सुदूर सञ्चार
  • १९ कात्तिक २०८२ (२ महिना अघि)
  • ५९१

धनगढी उप–महानगरपालिका–४ उत्तर बेहडीस्थित शिवपुरी उत्तरामेश्वरम् ज्योतिर्लिङ्ग परिसरमा आज भव्यरूपमा ११ करोड दीप प्रज्वलन गरी धार्मिक उत्सव सम्पन्न गरिएको छ। श्रीमद् हरिहर चतुर्मास अनुष्ठान तथा शिवपुरी धर्मोत्सवको समापनका अवसरमा आयोजित दीप प्रज्वलन समारोह अत्यन्तै आकर्षक र ऐतिहासिक बनेको हो।

समारोहमा हजारौँ भक्तजनहरूको उपस्थिती रहेको थियो। दीप प्रज्वलनपछि भक्तजनहरूले भजन–किर्तन, सत्सङ्ग, र नाचगानसहित धार्मिक कार्यक्रममा सहभागी भएका थिए। वातावरण पूर्ण रूपमा आध्यात्मिक र भक्तिमय बनेको थियो। भक्तजनहरू सुदूरपश्चिमका विभिन्न स्थानहरू तथा भारतको सीमावर्ती जिल्लाबाट समेत सहभागी हुन आएका थिए।

दीप प्रज्वलनमार्फत शान्ति, समृद्धि र सद्भावको कामना गरिएको आयोजकहरूले जनाएका छन्। चतुर्मास अनुष्ठान भव्यतापूर्वक सम्पन्न गर्दै शिवपुरी धाममा आजको दिनलाई ऐतिहासिक बनाइएको धार्मिक अगुवाहरूले बताएका छन्।

स्थानीय प्रहरी तथा स्वयंसेवकको सहकार्यमा व्यवस्थित सुरक्षा, यातायात र व्यवस्थापन मिलाउने कार्य गरिएको थियो। परिसरमा ठूलो भीड भए पनि कार्यक्रम शान्तिपूर्ण ढंगले सम्पन्न भएको छ।

अन्तिम अध्यावधिक: १९ कात्तिक २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस