भारतको बिहारमा विधानसभाको दोस्रो तथा अन्तिम चरणको मतदान चल्दै

होमपेज / अन्तर्राष्ट्रिय /
भारतको बिहारमा विधानसभाको दोस्रो तथा अन्तिम चरणको मतदान चल्दै
  • रेडियो सुदूर सञ्चार
  • २५ कात्तिक २०८२ (२ महिना अघि)
  • १०७

भारतको बिहार राज्यमा विधानसभाको दोस्रो तथा अन्तिम चरणको मतदान आज भइरहेको छ । यो चुनावमा एक हजार तीन सय दुई उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन् । एक सय २२ क्षेत्रमा तीन करोड ७० लाखभन्दा धेरै मतदाता छन् । त्यसमा एक करोड ७४ लाख महिला रहेका छन् ।

मतदानका लागि ४५ हजार तीन सय ९९ मतदान केन्द्र निर्धारण गरिएको छ । चार लाख भन्दा धेरै सुरक्षाकर्मी खटिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गएको नोभेम्बर ६ तारिख अर्थात् बिहिवार बिहारका १८ जिल्लाको एक सय २१ निर्वाचन क्षेत्रमा पहिलो चरणको मतदान भएको थियो ।

मतदानमा ६५.०८ प्रतिशतले मतदान गरेका थिए । बिहारको विधानसभा चुनावका लागि नेपालसँग जोडिएका पूर्वी जिल्लाका सिमानाकाहरु बन्द गरिएका छन् । आजको मतदानपछि बन्द रहेका सीमा नाका खुला हुनेछन् ।

अन्तिम अध्यावधिक: २५ कात्तिक २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस