यो वर्षको मनसुनमा औसतभन्दा धेरै वर्षा, अघिल्लो वर्षभन्दा जनधनको क्षति कम

होमपेज / मुख्य समाचार /
यो वर्षको मनसुनमा औसतभन्दा धेरै वर्षा, अघिल्लो वर्षभन्दा जनधनको क्षति कम
  • रेडियो सुदूर सञ्चार
  • २६ कात्तिक २०८२ (२ महिना अघि)
  • १४०

यस वर्षको मनसुनमा अघिल्लो वर्षभन्दा जनधनको क्षति कम भएको छ । यस वर्ष मनसुन सरदर अवधिभन्दा केही बढी अवधिसम्म रह्यो । सरदरभन्दा केही दिनअघि अगाडि नै अर्थात् यस वर्ष गएको जेठ १५ मा पूर्वबाट नेपाल प्रवेश गरेको मनसुन एक सय ३५ दिन रहेर गएको असोज २४ गते बाहिरिएको थियो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार, मनसुन अवधिमा एक हजार तीन सय ७५ दशमलव चार मिलिमिटर वर्षा भएको छ । जुन औसत वर्षा एक हजार चार सय १४ दशमलव ५ मिलिमिटरको ९७ दशमलव २३ प्रतिशत हो मानवीय तथा भौतिक क्षति विगत बर्षको तुलनामा कम भएको छ । मनसुनको अन्त्यतिर अर्थात् गएको असोज १७ देखि २० गतेसम्म बाढी/पहिरो र डुबानमा ५३ जनाको ज्यान गएको थियो ।

मनसुनमा मानवीय क्षतिको हिसाबले इलाम सबैभन्दा बढी प्रभावित भयो । इलाममा मात्रै यस वर्षको मनसुनमा ३९ जनाले ज्यान गुमाए । सरकारले क्षतिग्रस्त इलाम र असार/साउनमा खडेरी परेको मधेश प्रदेशका केही क्षेत्रलाई विपद् तथा सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो । प्रभावकारी पूर्वतयारी र प्रतिकार्य योजनाका कारण यस वर्ष मनसुन अवधिमा जनधनको क्षति कम भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निष्कर्ष छ ।

प्राधिकरणका अनुसार, गएको वर्ष समग्रमा दुई हजार १ सय ३९ विपद्का घटना हुँदा चार सय ९५ जनाको ज्यान गएको थियो । यस वर्ष एक हजार ४ सय ५४ घटनामा १ सय ४० जनाको ज्यान गएको छ । 

अन्तिम अध्यावधिक: २६ कात्तिक २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस