कञ्चनपुरबाट लागूऔषधसहित दुई जना प*क्रा*उ

होमपेज / मुख्य समाचार / समाज /
कञ्चनपुरबाट लागूऔषधसहित दुई जना प*क्रा*उ
  • रेडियो सुदूर सञ्चार
  • २६ कात्तिक २०८२ (७ महिना अघि)
  • ४१४

बेलौरी, कञ्चनपुर - 

कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।

जिल्लाको बेलौरी नगरपालिका–१० भुडाबाट प्रहरीले बेल्डाडी गाउँपालिका–३ का २५ वर्षीय योगेश रानालाई पक्राउ गरेको छ। चेकजाँच गर्दा उनको साथबाट ३ ग्राम ५२० मिलिग्राम खैरो हेरोइन फेला परेको थियो। उक्त लागूऔषधसहित उनलाई इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको छ।

त्यसैगरी, भीमदत्त नगरपालिका–१ भासी साईफन नहर नजिक प्रहरीले बेदकोट नगरपालिका–८ का २० वर्षीय रबिद्र महरालाई लागूऔषधसहित पक्राउ गरेको छ। उनको साथबाट १८० मिलिग्राम खैरो हेरोइन फेला परेको र उनलाई अस्थायी प्रहरी बिट भासीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेका यी दुबै जनामाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

अन्तिम अध्यावधिक: २६ कात्तिक २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस