विराटनगरविरुद्ध लुम्बिनी ५ विकेटले बिजयी

होमपेज / खेलकुद /
विराटनगरविरुद्ध लुम्बिनी ५ विकेटले बिजयी
  • रेडियो सुदूर सञ्चार
  • १७ मंसिर २०८२ (१ महिना अघि)
  • १६४

लुम्बिनी लायन्सले विराटनगर किङ्सलाई ५ विकेटले पराजित गरेको छ।

१४५ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७ .४ ओभरमा ५ विकेट बाँकी छँदै लक्ष्य भेट्टायो।

लुम्बिनीका लागि डि आर्की सर्टले सर्वाधिक ५७ रन बनाए भने सन्दीप जोराले २४ र दीलिप नाथले १६ रन बनाए। रोहित पौडेल शून्यमा आउट हुँदा सुमित महर्जन १० रनमा आउट भए। निरोसन डिकवेल्ले अविजित २९ रन बनाए। 

विराटनगरका लागि सन्दीप लामिछाने र सुवास भण्डारीले समान दुई दुई विकेट लिए भने बसिर अहमदले एक विकेट लिए।

नेपाल प्रिमियर लिगमा टस हारेर ब्याटिङमा उत्रिएको विराटनगरले ८ विकेट गुमाएर जम्मा १४४ रन बनायो। विराटनगरका लागि लोकेश बमले सर्वाधिक ३५ रन बनाए। बसिर अहमद २८, साम हेजलेट २७, फाफ डु प्लेसिस १२, प्रतिश जिसी११, नारायण जोशी ५, सहिल पटेल ३ र जर्ज मुन्से शून्यमा आउट भए। सन्दीप लामिछाने एक बलका लागि मैदान उत्रिएका थिए। उनले अन्तिम बलमा एक छक्का हान्दै खेल समाप्त गरे भने मार्चेन्ट दे लेङे १० रनमा अविजित रहे।

लुम्बिनीका लागि सेर मल्लले सर्वाधिक तीन विकेट लिए भने जेजे स्मित, अभिशेष गौतम, रुबेन ट्रुम्पेल्मनले समान एक एक विकेट लिए।

यो जितसँगै तीन खेलमा तीन जित हात पारेको लुम्बिनीले प्लेअफको सम्भावना जीवित राखेको छ।

अन्तिम अध्यावधिक: १७ मंसिर २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस