कैलालीमा फालिएको अवस्थामा एक नवजात शिशु फेला परेकी छिन्।
जिल्लाको धनगढी उपहमानगरपालिका-८ भद्र टोलको नाला किनारमा आज बिहान ९ः१५ बजे नवजात शिशु (बालिका)फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। शिशुलाई उद्धार गरी सेती प्रादेशिक अस्पतालमा ल्याइ उपचार भइरहेको प्रहरीले जनाएको छ ।