अनलाईन टिभी पत्रकार संघ कञ्चनपुरको अध्यक्षमा भट्ट

होमपेज / मुख्य समाचार /
अनलाईन टिभी पत्रकार संघ कञ्चनपुरको अध्यक्षमा भट्ट
  • रेडियो सुदूर सञ्चार
  • ५ पुष २०८२ (४ हप्ता अघि)
  • ३००

केशव थापा / बेलाैरी कञ्चनपुर - 

अनलाईन टिभी पत्रकार संघ कञ्चनपुरको अध्यक्षमा प्रकास भट्ट निर्वाचित भएका छन्। 

शनिबार बेलौरीमा सम्पन्न भएको अनलाईन टिभी पत्रकार संघ कञ्चनपुरको प्रथम जिल्ला अधिवेशनबाट अध्यक्षमा भट्ट निर्वाचित भएका हुन्। 

निर्वाचन अधिकृत अशोक पाण्डेयले अध्यक्ष, सचिवमा निर्वाचन र बाँकी पदहरुमा निर्बिरोध पदाधिकारी चयन गरिएको बताए। 

पाण्डेयका अनुसार अध्यक्ष पदका उम्मेवार प्रकास भट्टले आफ्ना प्रतिस्पर्धी सुरज श्रेष्ठलाई १० मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । भट्टले १७ र श्रेष्ठले ७ मत मात्रै ल्याएका थिए।

सचिवमा सन्तोष धानुक निर्वाचित भएका छन् । धानुकले आफ्ना निकटकतम प्रतिस्पर्धी केशव भट्टलाई ७ मतको अन्तरले हराउँदै सचिवमा निर्वाचित भएका छन्। धानुकले १७ र भट्टले ७ मत ल्याएका थिए।

यस्तै उपाध्यक्ष लाल बहादुर सार्की, सहसचिव दिनेश चौधरी, कोषाध्यक्षमा सरिता चौधरी, सदस्य केशव भट्टराई, पवन जोशी, महेन्द्र सिंह भाट, रुपेश विक निर्बिरोध निर्वाचित भएका निर्वाचन मण्डलले जनाएको छ।

निर्वाचन अधिकृत पाण्डेयले कुल २७ मतदाता मध्ये २४ मत खसेको बताए। अनलाईन टिभी पत्रकार संघ कञ्चनपुरको अध्यक्षमा निर्वाचित भएका युवा पत्रकार भट्टले जिल्लाका अनलाईन पत्रकारको हकअधिकारका लागि कामकाज गर्ने गराउने विश्वास व्यक्त गरेका छन्। 

सुदूरपश्चिम प्रदेश सभा सदस्य माननीय  दिवान सिह विष्ट, बेलौरी नगरका मेयर पोतीलाल चौधरी, उपमेयर जोगराम चौधरी, बेलौरी ४ का वडाध्यक्ष अर्जुन ढकालले अनलाईन पत्रकारहरुले निष्पक्ष, स्वतन्त्र, राजनैतिक बिना पूर्वाग्रही, सत्य तथ्यका आधारमा समाचार प्रकासित गर्नुपर्ने बताए। 

कार्यक्रममा सुदूरपश्चिम प्रदेश अनलाइन सञ्चार माध्यमका क्रियाशील पत्रकार, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी लगायत सराेकारवालाहरुकाे उल्लेख्य  सहभागीता रहेको थियो।

अन्तिम अध्यावधिक: ५ पुष २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस