बैतडीका प्रकाश अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि छनौट

होमपेज / खेलकुद /
बैतडीका प्रकाश अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि छनौट
  • रेडियो सुदूर सञ्चार
  • ७ पुष २०८२ (३ हप्ता अघि)
  • १९८

बैतडी -

बैतडीको सुर्नया गाउँपालिका–४ पालिगडाका प्रकाश साउँद अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि छनौट भएका छन् । सन् २०२६ को मार्चमा भारतको महाराष्ट्रमा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि साउँदसहित ११ जना छनौट भएको बताइएको छ ।

६८ केजी मुनि तौल समूहमा खेल्नका लागि साउँद छनौट भएका उनका भाइ अशोक साउँदले बताए । भारतमा सञ्चालन हुने उक्त प्रतियोगितामा १० राष्ट्रको सहभागिता रहने बताइएको छ । साउँदले यसअघि सन् २०२४ मा भारतमै भएको अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा डबल गोल्ड मेडल प्राप्त गरेका थिए । साउँदले कोरिया, बहराइन लगायतका देशमा तेक्वान्दो सम्बन्धी विभिन्न तालिम लिइसकेका छन् । 

उनले यसअघि पनि विभिन्न प्रतियोगितामा सहभागिता जनाइसकेको र प्रशिक्षकको रुपमा समेत काम गरिसकेको जनाइएको छ । 

अन्तिम अध्यावधिक: ७ पुष २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस