समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दलहरु

होमपेज / राजनीति /
समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दलहरु
  • रेडियो सुदूर सञ्चार
  • ९ पुष २०८२ (३ हप्ता अघि)
  • १०६

प्रतिनिधिसभा सदस्य चुनावको मिति नजिकिँदै गर्दा राजनीतिक दलहरुले आन्तरिक तयारीलाई तीव्र पारेका छन् ।

निर्वाचन आयोगले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य चुनावको कामलाई एकैसाथ अगाडि बढाएको छ । आयोगले आउँदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्य चुनावका लागि जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ ।

त्यसैगरी प्रतिनिधिसभा सदस्य चुनावका लागि समानुपातिकतर्फको उम्मेदवारको बन्द सूची पेश गर्ने समयसीमा नजिकिँदै गर्दा राजनीतिक दलले आन्तरिक तयारी तीव्र पारेका हुन् । विघटित प्रतिनिधिसभामा रहेका राजनीतिक दल र नयाँ दर्ता भएका सबै दलले समानुपातिक सूची तय गर्न आवश्यक राजनीतिक छलफल तथा तयारी गरिरहेका छन् ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रतिनिधिसभाको चुनावका लागि ९३ दलले समानुपातिक सूचीमा रहन निवेदन दिएका छन् । दलहरूले नयाँ प्रतिशतका आधारमा समावेशी समूह मिलाएर यही पुस १३ र १४ गते उम्मेदवारको बन्द सूची पेश गर्ने समयसीमा तोकिएको छ । 

अन्तिम अध्यावधिक: ९ पुष २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस