सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय स्थापना हुने

होमपेज / समाचार /
सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय स्थापना हुने
  • रेडियो सुदूर सञ्चार
  • १२ पुष २०८२ (३ हप्ता अघि)
  • ३८६

सरकारले बैतडीको मेलौलीसहित सुदूरपश्चिम प्रदेशका चार स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको छ। हिजो बसेको मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिमका चारसहित देशभरका नौ स्थानमा इलाका प्रशासन कार्यालय खोल्ने निर्णय गरेको हो।

निर्णयअनुसार बैतडीको मेलौली, बाजुराको कोल्टी, डोटीको विपीनगर र दार्चुलाको गोकुलेश्वरमा इलाका प्रशासन कार्यालय स्थापना गरिनेछ। यसैगरी ताप्लेजुङको सिरिजंगा, डोल्पाको धो, मुगुको खत्याड, कालिकोटको रास्कोट र संखुवासभाको हिदानागढीमा पनि इलाका प्रशासन कार्यालय खोलिनेछ।

मेलौलीमा इलाका प्रशासन कार्यालय स्थापना हुने निर्णयपछि स्थानीयवासी खुसी भएका छन्। अब तल्लोसोराड क्षेत्रका नागरिकलाई नागरिकता बनाउन वा नाबालिग सिफारिसका लागि सदरमुकामसम्म धाउनुपर्ने बाध्यता हट्ने तरुण दल बैतडीका अध्यक्ष महेशदत्त भट्टले बताए।

अन्तिम अध्यावधिक: १२ पुष २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस